आत्महत्या मुद्धाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ

नुवाकोट । नुवाकोट प्रहरीले जबरजस्ती करणीपश्चात झुण्डी मरेको आत्महत्या मुद्धाका फरार प्रतिवादीलाई १३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा विदुर नगरपालिका वडा नम्बर १ बस्ने ४९ वर्षिय नरेश कुमार जोशी रहेका छन् ।

उनलाई पुरानवेदन अदालत पाटनले को मिति २०७३ साल भदौ ६ गत ५ बर्ष कैद र २ लाख रुपैयाँ क्षतिपुर्ती हुने फैसला सुनाएको थियो ।

त्यसयता उनी फरार भई अन्यन्त्र स्थानमा लुकेर बस्दै आएकोमा जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरी टोलीले आफ्नै घरमा लुकिछिपी बसिरहेको बिहिबार फेला पारेको थियो ।

उनलाई आज नुवाकोट जिल्ला अदालतमा बुझाउदा अदालतको आदेशले तोकिएको कैद भुक्तानको लागि कारागार चलान गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।