बिर्तामोडमा दुई समूह बीच कुटाकुट
झापा । झापाको बिर्तामोडमा दुई समूहबीच ग्याङफाइट भएको छ। मंगलबार राति करिब ८:३० बजे बिर्तामोड नगरपालिका–५ स्थित सगरमाथा टोलमा झडप भएको हो।
प्रत्यक्षदर्शीका अनुसार झडपको खबर पाएर प्रहरी टोली आउँदै गरेको जानकारी भएपछि झगडामा संलग्न व्यक्ति घटनास्थलबाट फरार भएका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले घटनास्थल निरीक्षण गर्दा त्यहाँ कोही पनि नभएको जनाइएको छ।
प्रहरीले सो स्थानमा मे ७ प ८८ नम्बरको मोटरसाइकल तोडफोड गरिएको अवस्थामा फेला पारेको छ। झडप तथा तोडफोडमा संलग्न व्यक्तिहरूको पहिचान गर्न र उनीहरूको खोजतलासका लागि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र अनुसन्धान जारी रहेको बताइएको छ।


