संयुक्त नागरिक पार्टी र मानवतावादी पार्टीबीच चुनावी गठबन्धन घाेषणा

काठमाडौं,१२ पुस । दलमर्दन कामी नेतृत्वकाे संयुक्त नागरिक पार्टी र मेघ बहादुर कामी नेतृत्वकाे नेपाल मानवतावादी पार्टीबीच चुनावी गठबन्धनकाे सहमति भई शनिबार पत्रकार सम्मेलन मार्फत घाेषणा गरिएकाे छ ।

काठमाडौंकाे बिजुलीबजार स्थित संयुक्त नागरिक पार्टीको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा दुबै पार्टीका प्रमुख पदाधिकारीहरुले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

सहमति पत्रमा संयुक्त नागरिक पार्टीकाे तर्फबाट अध्यक्ष दलमर्दन कामी,वरिष्ठ उपाध्यक्ष डा. शिवहरि भट्टराई ,महासचिव डा.तेजबहादुर राेक्का तथा प्रक्ता विदुर अधिकारी त्यस्तै नेपाल मानवतावादी पार्टीकाे तर्फबाट अध्यक्ष मेघ बहादुर कामी,कार्यवाहक महासचिव अंगद विश्वकर्मा,उपमहासचिव बाजी विश्वकर्मा तथा सल्लाहकार संयाेजक गाेपाल बहादुर सुनारले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षरित सहमति पत्रलाई दुबै पार्टीका अध्यक्षबीच आदान-प्रदान गरि घाेषणा गरिएकाे थियाे भने उक्त सहमति पत्र वाचन संयुक्त नागरिक पार्टीका महासचिव डा.तेजबहादुर राेक्काले गरेका थिए । दुईदलबीच भएकाे गठबन्धनको सहमति अनुसार आगामी २०८२ फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक तर्फको निर्वाचन प्रयोजनका लागि संयुक्त नागरिक पार्टीको चुनाव चिन्ह गितार एकल चिन्हकाे रुपमा प्रयाेग गरिने छ । जसअनुसार नेपाल मानवतावादी पार्टीका समानुपातिक उम्मेद्वारहरूको नाम संयुक्त नागरिक पार्टीको उम्मेद्वार सूचीमा राखी निर्वाचन आयोगमा पेश गरिने भएकाे छ ।

त्यस्तै प्रत्यक्ष तर्फकाे निर्वाचनको हकमा एउटा दलले उम्मेद्वारी दिएको क्षेत्रमा अर्को दलले उम्मेद्वारी नदिने र उक्त उम्मेद्वरलाईनै साझा उम्मेद्वारका रूपमा अघि सारिने छ । साथै नेपाल मानवतावादी पार्टीले समानुपातिक निर्वाचनबाट आफ्नो पार्टीको नाम फिर्ता लिन पहल गर्ने लगायत रहेका छन् ।

यो सहकार्यले अग्रगामी राजनीतिक शक्तिलाई चुनावी मैदानमा सशक्त रूपमा उभ्याउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षासाथ सम्पूर्ण नेपाली नागरिकहरूमा गितार चुनाव चिन्हमा आफ्नो अमूल्य मतदान गरी विजय गराइदिन पनि पत्रकार सम्मेलन मार्फत आह्वान गरिएकाे छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।