‘विदेशी हालीमुहाली संस्थागत’ गर्न रवि–बालेन सम्झौता:हर्क सम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेन सम्झौताको कडा शब्दमा आलोचना गरेका छन् । यस सम्झौतालाई उनले ‘केबल सत्ताका लागि’ र ‘विदेशी हस्तक्षेप’लाई संस्थागत गर्नका लागि भएको टिप्पणी गरेका छन् ।

‘कुर्सिको लागि र यो देशलाई लिलाम गर्नका लागि,’ आज बिहान सामाजिक सन्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै साम्पाङले भनेका छन्, ‘विदेशी हालीमुहाली प्रत्यक्ष हामीलाई महसुस भइसकेको छ, त्यसलाई अब संस्थागत गर्नका लागि‘ ।’

उनले रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन बाहको नाम नलिई यस्तो टिप्पणी गरेका हुन् ।

उनले बालेनलाई लक्षित गर्दै जेनजी आन्दोलनको बेला र देश जल्दा टुलुटुलु हेरेर बसेको भनेर आलोचना गरेका छन् । बालेनलाई उनले ‘भित्र–भित्र बसेर डरलाग्दो खेल खेल्ने’ र ‘लुकेर बस्ने’ व्यक्तिको संज्ञा दिएका छन् ।

‘‘जो भित्रभित्र लुकेर डरलाग्दो खेल खेल्छ । जेनजीलाई उक्साएर लड्न भिड्न पठाउँछ । ७०–८० जना हताहत हुन्छ । देश खरानी भएको टुलुटुलु हेरेर बस्छ । बाहिर आउँदैन । सरकार चलाइदिनुपर्यो भनेर अनुरोध गर्दा पनि आउँदैन,’ साम्पाङले भनेका छन् ।

यसैगरी उनले एमसीसीसँग जोडेर रवि लक्षित टिप्पणी गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।