बालेन अब रास्वपा नेता, नेताले खोजेको भन्दा देशलाई चाहिएको सहमती गरेको रविको दाबी

काठमाडौं, पुस १४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्ने बताएका छन् । आज बिहान काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग सात बुँदे सम्झौता भएपछि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत् सहमति व्यक्तिगत वा दलीय स्वार्थभन्दा माथि हुनुपर्ने प्रतिक्रिया दिएका हुन् ।

दुईपक्षबीच पार्टी सभापति रवि लामिछाने रहने र आगामी निर्वाचनपछि प्रधानमन्त्री बालेन हुने सहमति भएको हो । लामिछानेले लेखेका छन्, “सहमति नेताले खोजेजस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ।”

लामिछाने र शाहबीच भएको सातबुँदे सहमतिले नेपाली राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ। सहमतिअनुसार आगामी आम निर्वाचनपछि बन्ने संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीका रूपमा बालेन शाहलाई अघि सारिनेछ। पार्टीको सांगठनिक कमान्ड भने सभापति रवि लामिछानेले नै सम्हाल्ने गरी कार्यविभाजन तय गरिएको छ।

रास्वपा र बालेनबिच ‘बृहत् एकता’को सहमतिपछि रास्वपा उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमार्फत बालेन शाह अव रास्वपा नेता भएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन् ‘बालेन्द्र शाह: अब रास्वपा नेता, आज बिहान ४:१५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबीच बृहत् एकता सम्बन्धी सहमति भएको छ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।