बसको ठक्करबाट महिलाको मृत्यु
धनगढी । कैलालीमा बसको ठक्करबाट महिलाको मृत्यु भएको छ ।
आइतबार बिहान पौने ७ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका–२ झिलमा महाकाली यातायातको सुपप्र ०२–००१ ख १३७३ नम्बरको बसले ठक्कर दिदा २ वर्षीया तारा देवी पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पाठक जानकी गाउँपालिका–२ की स्थायी बासिन्दा भएको खुलेको छ । दुर्घटनामा गम्भीर घाइते भएकी पाठकको उपचारका क्रममा नवजीवन अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।


