पाँचथरमा महिला माथि कुटपिट गरी लुटियो सुनका गहना
पाछथर । पाँचथरमा महिला माथि कुटपिट गरी सुनका गहना लुटिएको छ ।
पाँचथरको याङवरक गाउँपालिका–५ घारगाउँमा शुक्रबार दिउसो चन्द्रलाल अधिकारीको अम्लिसो बगानमा भएको सो घटनामा ५२ वर्षीया धनमाया सेलिङले ६० वर्षीया बिष्णुमाया रसाइलीलाई कुटपिट गरी गहना लुटेर फरार भएको प्रहरीले जनाएको छ ।


