मोरङमा प्रहरीले चलायो गोली

विराटनगर । मोरङमा गाँजा कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले शनिबार राति गोली चलाएको छ । प्रहरीले गोली चलाएर ३ सय ३० किलो गाँजासहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

गाँजा ओसारपसार एवं कारोबारमा संलग्नलाई नियन्त्रणमा लिने क्रममा नेपाल–भारत सीमा क्षेत्रनजिक जहदा गाउँपालिका–२ तारिगामा प्रहरीले राति १०ः३० बजेतिर हवाई फायर गरेको हो । नेपालबाट भारततर्फ गाँजा ओसारपसार भइरहेको सूचना प्राप्त हुनसाथ नियन्त्रणमा लिन मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर सरोज खनालको नेतृत्वमा टोली परिचालन गरेका थिए ।

खनाल नेतृत्वको टोली पुग्दा टाउकोमा गाँजाको बोरा राखेर ओसारपसार गर्ने काम भइरहेको थियो । तर, ओसारपसारमा संलग्नहरु प्रहरीलाई देख्नसाथ गाँजाको बोरा फालेर फरार भएका थिए । त्यस क्रममा प्रहरीले ठूलो चाइनिज पेस्तोलबाट १ राउण्ड हवाई फायर गरेको हो ।प्रहरीले हवाई फायर गरेर गाँजा ओसारपसारमा संलग्न भारतको अररिया चन्दामोहनका २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खानलाई नियन्त्रणमा लिएको छ । दुवै जनालाई पक्राउ गरेर बरामद भएको गाँजासहित जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ ।

एसपी कटवालले गाँजा ओसारपसार गर्दै गर्दा हवाई फायर गरेर २ जना भारतीयलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जानकारी उनले दिए । दुवै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।पूर्वी पहाडी जिल्लामा उत्पादन हुने गाँजा सुरक्षाकर्मीलाई छलेर भारत लैजाने प्रयास गरिएको प्रहरीको भनाइ छ । मूल्य दोब्बर पर्ने भएकाले पनि अवैध गाँजा भारत पुर्याउने गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖