दुई साताभित्र पदबाट राजीनामा दिने तयारीमा मेयर बालेन

काठमाडौं ।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले दुई साताभित्र पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

आइतबार बिहान ४ बजे राष्ट्रिय स्वतन्त्र पार्टीसँगको ७ बुँदे सहमतिपछि उनले महानगरको मेयर पदबाट राजीनामा गर्ने भएका हुन् । मेयरका प्रमुख स्वकीय सचिव भुपदेव शाहले महानगरको सबै प्रक्रिया पुर्‍याएर बालेनले दुई साताभित्रमा राजीनामा दिने बताए ।

“उचित समय आएपछि मेयरज्यूले राजीनामा गरिहाल्नुहुन्छ । महानगरमा केही काम बाँकी छ । त्यो सबै काम सकाएर दुई सातार१५ दिनभित्रै राजीनामा गर्नुहुन्छ,” उनले भने ।

आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तोकिएको छ । चुनावका लागि माघ ६ गते मनोनयन दर्ताको कार्यसूची छ । बालेन रास्वपा संसदीय दलको नेता बन्ने र प्रधानमन्त्रीको उम्मेदवार बन्ने सहमति भएपछि उनी संसदीय राजनीतिमा होमिँदै छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।