ताप्लेजुङको भन्ज्याङ बजारका आगलागी पीडितलाई नेपाली कम्युनिष्ट पार्टीको आर्थिक सहयोग

ताप्लेजुङ, पुस १३ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ भन्ज्याङ बजारका आगलागी पीडितलाई नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले आर्थिक सहयोग गरेको छ । पार्टीले आगलागी पीडित लक्ष्मी तामाङलाई नगद १५ हजार रुपियाँ आर्थिक सहयोग गरेको हो ।

आगलागी पीडित तामाङलाई सान्त्वना स्वरुप थोरै आर्थिक सहयोग गरिएको नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य खेल प्रसाद बुडाक्षेत्री परागले बताउँनुभयो । एकता सन्देश सभाको सिलसिलामा सिदिङ्वा गाउँपालिकाको केन्द्र साब्लाखु भन्ज्याङ बजार पुग्नु भएका नेता बुडाक्षेत्री लगायतका कार्यकर्ताहरूले तामाङलाई आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको हो ।

गत मंसिर १२ गते साँझ तामाङको घरमा आगलागी हुँदा ५० लाख बढीको क्षति भएको थियो । विद्युत सर्ट भएर तामाङको पाँच तले टिनले छाएको पक्की घरमा आगलागी हुँदा टिनको छाना, काठपात, मेसिनरी सामग्री, ल्यापटप, कम्प्युटर, प्रिन्टर, ब्याट्री र सोलार जडानका उपकरण जलेर नष्ट भएका भएको थियो ।-रेडियो काबेली

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।