ताप्लेजुङमा ९० हजार ३ सय २७ मतदाता कायम

ताप्लेजुङ । आगामी फाल्गुण २१ गते हुने प्रतिनीधि सभा चुनावमा ताप्लेजुङबाट सहभागी हुने मतदाताको संख्या ९० हजार ३ सय २७ मतदाता कायम भएको छ । जसमा पुरुष ४८ हजार २ सय ८५ र महिला ४२ हजार ४२ जना रहेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका सुचना अधिकारी वान्दबराज दुलाल (विपिन)ले बताउनुभयो । उहाँका अनुसार सबैभन्दा बढी फुङलिङ नगरपालिकामा १८ हजार १ सय ९० र सबैभन्दा कम मिक्वाखोला गाउँपालिकाम ६ हजार ९ सय ४८ जना रहेका छन् ।

त्यस्तै सिरिजंघा गाउँपालिकामा ११ हजार ६ सय ६४ जना, पाथीभरा याङवरक गाउँपालिकाम ९ हजार ७ सय ४१ जना, सिदिङवा गाउँपालिकामा ८ हजार ९ सय १५ जना, फक्ताङलुङ गाउँपालिकामा ९ हजार ३ सय जना, मेरिङदेन गाउँपालिकामा ८ हजार ६ सय १२ र मैवाखोलामा ७ हजार ४ सय ५६ जना मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका अनुसार आउँदो फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकको विवरणलाई समेत अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ ।

अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई मतदान गर्नका लागि जिल्लामा ८० मतदान स्थल र १२७ मतदान केन्द्र तोकिएको छ । केन्द्रिय निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य चुनावमा देशभर बाट भने जम्मा १ करोड ८९ लाख ३ हजार ६ स ८९ जना मतदाताले भाग लिने भएका छन् । निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गर्दै ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला र अन्य दुई सय मतदाता चुनावमा सहभागी हुने जनाएको छ ।

मतदाताले नामावलीमा आफ्नो नाम हेर्न सक्नेगरी अन्तिम मतदाता नामावली आयोगको वेबसाइटमा प्रकाशन गरिएको छ । आयोगका अनुसार आउँदो फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकको विवरणलाई समेत अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ ।

अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई मतदान गर्नका लागि देशभर १० हजार ९ सय ६७ मतदातास्थलमा २३ हजार १ सय १२ मतदात केन्द्र निर्धारण गरिएको छ । यो चुनावमा २०७९ सालको कुल मतदानस्थलको सङ्ख्याभन्दा ७५ वटा बढी निर्धारण गरिएको छ । कुल मतदान केन्द्रको सङ्ख्या ८ सय ८५ बढेको छ ।-स्रोत :रेडियो काबेली

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖