सामाजिक अभियन्ता आशिका तामाङलाई आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न बालेनको प्रस्ताव

काठमाडौ । सामाजिक अभियन्ता आशिका तामाङलाई आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले प्रस्ताव गरेका छन्। रास्वपाको समानुपातिक बन्दसूची निर्वाचन आयोगमा बुझाउनुपर्ने समयसीमा नजिकिँदै जाँदा बालेनले सम्भावित उम्मेदवारहरूसँग दिनभर छलफल गरेका हुन्।

आइतबार दिनभर बालेनले समानुपातिकतर्फ आकांक्षा राख्ने तथा आफूले प्रस्ताव गरेका व्यक्तिहरूसँग छलफल गरेको स्रोतले जनाएको छ। सोही क्रममा सामाजिक अभियन्ता तामाङसँग पनि भेटवार्ता भएको हो। तामाङका अनुसार आइतबार साँझ बालेननिकट टोलीसँग बसेर छलफल हुँदा मेयर शाह स्वयं उपस्थित थिए र उनले समानुपातिक उम्मेदवार बन्न प्रस्ताव राखेका थिए।

तर तामाङले समानुपातिक उम्मेदवारीप्रति रुचि नरहेको स्पष्ट पारेकी छन्। उनले यसअघि सामाजिक सञ्जालमार्फत सार्वजनिक मत सर्वे (पोल) राखेर जनमत बुझेकी थिइन्, जहाँ ९२ प्रतिशत सहभागीले प्रत्यक्ष निर्वाचनमै प्रतिस्पर्धा गर्न सुझाव दिएका थिए। सोही जनमतका आधारमा आफू प्रत्यक्ष निर्वाचनमै जाने पक्षमा रहेको उनले बताइन्।

‘मैले सामाजिक सञ्जालमा पोल राख्दा ठूलो बहुमतले प्रत्यक्षमा लड्न सुझाव आयो,’ तामाङले भनिन्, ‘त्यसैले समानुपातिकभन्दा प्रत्यक्ष नै उपयुक्त हुने सल्लाह भएको छ।’ उनले प्रत्यक्ष उम्मेदवारीको तयारी भए पनि कुन निर्वाचन क्षेत्रबाट उठ्ने भन्ने विषय भने अझै टुंगो नलागेको जानकारी दिइन्।

आशिका तामाङ पछिल्लो समय सामाजिक अभियानमार्फत चर्चामा रहेकी छिन्। उनले राजनीति प्रवेशबारे सार्वजनिक रूपमा राय माग्दै जनमत संकलन गरिरहेकी छन्। बालेनको प्रस्ताव र जनमत सर्वेपछि उनको राजनीतिक यात्राबारे चासो थप बढेको छ। निर्वाचन आयोगमा बन्दसूची बुझाउने समयसीमा नजिकिँदै गर्दा रास्वपा र बालेन नेतृत्वको टोलीले उम्मेदवार चयन प्रक्रियालाई तीव्र बनाएको देखिन्छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।