झापामा सडकमा बेहोस अवस्थामा फेला परेका पुरुषको मृत्यु
झापा । झापाको भद्रपुर नगरपालिका–८ स्थित किरात भवन अगाडि बेवारिसे अवस्थामा लडिरहेको अवस्थामा फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।
मिति २०८२ साल ०९ महिना ०७ गते राति करिब २२:५० बजे, भद्रपुर–८ मा अन्दाजी ५०–५५ वर्ष उमेरका, हालसम्म नाम, थर र वतन नखुलेका एक पुरुष सडकमा लडिरहेको अवस्थामा फेला परेका थिए। स्थानीयको सहयोगमा उनलाई तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो।
अस्पतालमा उपचाररत रहेका ती पुरुषको आज मिति २०८२।०९।१२ गते साँझ करिब २०:२० बजे उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ।
समाचार तयार पार्दासम्म मृतकका आफन्त वा नातेदार कोही पनि सम्पर्कमा नआएको बताइएको छ। घटनाबारे आवश्यक प्रक्रिया अघि बढाइएको सम्बन्धित निकायले जनाएको छ।


