रास्वपा र बालेन्द्र शाहबीच भएको वृहत् एकता सम्बन्धी सहमतिलाई रास्वपाको केन्द्रीय समितिले गर्यो अनुमोदन
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच भएको वृहत् एकतासम्बन्धी सहमतिलाई रास्वपाको केन्द्रीय समितिले अनुमोदन गरेको छ।
आइतबार राति सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको विशेष बैठकले सहमति पारित गरेको हो।
सहमतिअनुसार आगामी निर्वाचनमा बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिनेछ भने पार्टी नेतृत्वमा सभापति रवि लामिछाने नै कायम रहनेछन् र बालेनको वरीयता दोस्रो रहनेछ।


