विराटनगरमा छोरी बलात्कार गर्ने बाबु पक्राउ
विराटनगर । विराटनगरमा झड्केलो छोरी (बाबु अर्कै) ब,ला,त्का,र आरोपमा एकजना पक्राउ परेका छन् ।
प्रहरीले विराटनगर–६ का एक व्यक्तिलाई नियन्त्रणमा लिएर ज,र्बर,ज,स्ती क,र,णी आरोपमा अनुसन्धान अगाडी बढाएको हो ।घटना बालिकाले घर बाहिर निस्केपछि मात्रै बताउन सकेकी थिइन् ।
मोरङ प्रहरी प्रवक्ता कोपिला चुँडालका अनुसार लागुऔषध दुव्र्यसनी समेत रहेका व्यक्तिले ७ वर्षीया बालिकालाई नसा खुवाएरै जर्बरजस्ती करणी गरेको खुलेपछि पक्राउ गरेर अनुसन्धान थालिएको जानकारी दिइन् । उनका अनुसार बालिका संस्थाको रोहबरमा पुगेपछि उनको योनीबाट बारम्बार रगत आइरहने अनि दिसा–पिसाब समेत नरोकिने देखिएपछि सोधखोज गर्दा बताएकी थिइन् ।
‘बालिकाको स्वास्थ्य कमजोर भएपछि उनलाई संस्थामा लगिएको रहेछ, त्यसक्रममा सोधखोज गर्दा अंकलले औषधी खुवाउने गरेको बताएकी छिन्’ प्रहरी नायव उपरीक्षक चुँडालले भनिन्–घरमा आफ्नै आमासँग समेत बाबु ९झड्केलो० को सम्बन्ध सुमधुर रहेछन् । दवावमा पारेर उनले बालिकालाई जर्बरजस्ती गर्ने गरेको हुनसक्ने प्रहरीको भनाई छ । पीडितकातर्फबाट उनका मावलीतर्फका अभिभावकले जाहेरी दिएका हुन् ।
घटना अनुसार पक्राउ परेका पुरुषले उनकी श्रीमतीलाई कुटपिट गरेपछि प्रहरीकोमा पुगेकी थिइन् । त्यहि बेला छोरीलाई उनले पहिलाको श्रीमानसँग जिम्मा लगाउने भनेर संस्थामा राख्न पठाएकी थिइन् । संस्थामा पुगेपछि भने बालिकाको अवस्था एकदमै कमजोर देखेर मावली पक्षबाट आएका अभिभावकले सोधखोज गरेका थिए । त्यहि बेला उनले आफूमाथि भएको जघन्य अपराध खुलाएकी थिइन् । त्यसपछि प्रहरीसम्म पुगेर उनको उपचारसँगै कानुनी उपचार सुरु गरिएको थियो ।
पीडितकी आमाले भने पहेलो श्रीमान्ले राम्रो रेखदेख नगरेपछि दोस्रो विवाह गरेको बताइन् । उनीहरुको विवाह भएको एकवर्ष बितेको थियो । गत दशैंसम्म छोरी उनले माइती घरमा छोडेकी थिइन् । दशैंपछि भने सँगै ल्याएकी थिइन् । यहिबीचमा उनीमाथि अपराध भएको खुलेको छ । तर, उनले भने जुन घटनामा अनुसन्धान हुनुपर्ने थियो, त्यो नभएर अर्को मुद्दा चलाएर आफ्नो श्रीमानलाई फसाएको दावी गरिन् । उनीहरुबीच अन्तर धार्मिक विवाह (हिन्दु–मुस्लिम) भएको थियो । उनले आफ्ना माइती पक्षकाले ज्वाँई मुस्लिम रहेको भन्दै झुटा मुद्दा लगाउन खोजेको आरोप समेत लगाइन् ।


