एम्बुलेन्समा गाँजा लुकाएर तस्करी,धनकुटाका दुई जना मोरङबाट परे पक्राउ

मोरंग । मोरङको केराबारी गाउँपालिका ५ लाफा टोलमा एम्बुलेन्स प्रयोग गरी लागूऔषध गाँजा ओसारपसार गर्ने २ जना पक्राउ परेका छन ।

आईतबार राति करिब ११ बजे एम्बुलेन्समा लुकाइछिपाई गाँजा ल्याइँदै छ भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीका ईन्स्पेक्टर राजीव गिरीको टोली र इलाका प्रहरी कार्यालय केराबारीसहितको संयुक्त टोलीले चेकजाँच गरेको थियो ।

प्रहरी टोलीले प्र-१-०६-००१ झ ०००४ नम्बरको एम्बुलेन्स रोकी जाँच गर्ने क्रममा चालकसहित सवार व्यक्तिहरूले प्रहरी देख्नासाथ गाडी छाडेर भाग्ने प्रयास गरेका थिए । उनीहरूलाई नियन्त्रणमा लिन प्रहरी सहायक निरीक्षक फजिन्द्र तोलाङ्गीले चाइनिज पेस्तोलबाट एक राउण्ड हवाई फायर गरेका थिए । त्यसपछि दुई जनालाई नियन्त्रणमा लिइ एम्बुलेन्स जाँच गर्दा १६ पोका लागूऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा एम्बुलेन्स चालक धनकुटा जिल्लाको शहिदभूमि गाउँपालिका ६ निवासी ३५ वर्षीय निश्चल राई र सोही एम्बुलेन्समा सवार सागुरीगढी गाउँपालिका २ निवासी २० वर्षीय खगेन्द्र लिम्बु रहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।