झापाबाट लागू औषध ब्राउन सुगर सहित एक जना पक्राउ
झापा, पुस १५ गते । झापाको मेचिनगर नगरपालिका-१० धुलाबारी चौक स्थितबाट लागू औषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पुस १४ गते इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सोहि स्थानका रुपेन राजबंशीलाई २ ग्राम ४६० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनको थप अनुसन्धान भई रहेको छ ।


