तमु ल्होसारले एकता र समृद्धिको यात्रामा प्रेरणा दिन्छ : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले तमु ल्होसार–२०८२ ले सामाजिक एकता, सहअस्तित्व र समृद्धिको यात्रामा सबैलाई एकजुट गराउने विश्वास व्यक्त गरेका छन् ।

तमु ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यो पर्व केवल नयाँ वर्षको सुरुआत मात्र नभई प्रकृति, समयचक्र र जीवनको नवीकरणसँग गहिरो रूपमा जोडिएको सांस्कृतिक पर्व भएको बताएका हुन् ।

मेयर कोइरालाका अनुसार परम्परागत भेषभूषा, मौलिक नृत्य–संगीत, पारिवारिक जमघट र आपसी सम्मानमार्फत तमु समुदायले आफ्नो पहिचान, इतिहास र सांस्कृतिक मूल्य–मान्यतालाई पुस्तान्तरण गर्दै आएको छ । ल्होसारले विगतका अनुभवबाट शिक्षा लिँदै नयाँ संकल्पका साथ अघि बढ्न प्रेरणा दिने र सामाजिक सद्भावलाई थप मजबुत बनाउने सन्देश दिने उनले उल्लेख गरेका छन् ।

विराटनगर बहुसाम्प्रदायिक, बहुधार्मिक र बहुसांस्कृतिक सहर भएको उल्लेख गर्दै मेयर कोइरालाले यहाँ विभिन्न भाषा, संस्कृति र परम्पराहरू आपसी सम्मान र सहकार्यका आधारमा विकसित हुँदै आएको बताए । यस्ता विविधताहरू नै विराटनगरको शक्ति र पहिचान भएको उनको भनाइ छ । तमु ल्होसारजस्ता पर्वहरूले समुदायबीचको आपसी विश्वास, सामाजिक समरसता र एकतालाई थप सुदृढ बनाउने उनले बताए ।

उनले विराटनगर महानगरपालिका सांस्कृतिक विविधताको संरक्षण, प्रवद्र्धन र समावेशी विकासप्रति प्रतिबद्ध रहेको स्पष्ट गर्दै सबै समुदायका पर्व–उत्सवहरूलाई समान सम्मानका साथ मनाउने वातावरण निर्माण गर्नु साझा दायित्व भएको धारणा व्यक्त गरे । तमु ल्होसारले सकारात्मक सोच, मेहनत, अनुशासन र सहकार्यको सन्देश दिँदै समृद्ध विराटनगर र समुन्नत नेपालको लक्ष्यतर्फ अघि बढ्न प्रेरणा दिने विश्वास उनले व्यक्त गरेका छन् ।

मेयर कोइरालाले तमु ल्होसार–२०८२ को अवसरमा सम्पूर्ण तमु समुदायसहित देश तथा विदेशमा रहेका सबै नेपालीहरूमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि र सफलताको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।