तमु ल्होसार र चाक्चाकुरले सामाजिक एकता र सांस्कृतिक पहिचान मजबुत बनाउँछ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गुरुङ समुदायको महान् पर्व तमु ल्होसार तथा कुलुङ जातिको प्रमुख चाड चाक्चाकुरले सामाजिक सद्भाव, आपसी एकता र सांस्कृतिक पहिचानलाई मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।

तमु ल्होसार तथा चाक्चाकुरको अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश तथा देश–विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकमा शुभकामना व्यक्त गरेका छन् ।

उनले यस्ता पर्वहरूले नयाँ वर्षको शुभारम्भसँगै समाजमा शान्ति, सहकार्य र सकारात्मक ऊर्जाको सन्देश प्रवाह गर्ने बताए ।मुख्यमन्त्री कार्कीका अनुसार तमु ल्होसारले आपसी सद्भाव, सामाजिक एकता, प्रकृतिप्रेम र समृद्धिको भावना जागृत गराउने पर्वका रूपमा महत्वपूर्ण स्थान राख्दछ ।

त्यस्तै, कुलुङ समुदायको चाक्चाकुर चाडले आफ्नो मौलिक संस्कृति, भाषा र परम्पराको संरक्षण गर्दै पुस्तान्तरणमार्फत सामाजिक एकतालाई अझ सुदृढ बनाउँदै आएको उनले उल्लेख गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।