ओखलढुंगामा दम्पतीको हत्या, शंकास्पद शव फेला
ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका ६ भदौरेमा एक दम्पतीको शंकास्पद अवस्थामा शव फेला परेको छ।
मृतकहरू शोभित थापा मगर र उनकी पत्नी रत्नमाया थापा हुन्। दम्पतीले सञ्चालन गर्दै आएको पसल बिहानसम्म नखोल्दा स्थानीयले खोजी गरेका थिए। खोजीका क्रममा घरबाहिर रगत देखेपछि शंका लागेर हेर्दा उनीहरूको शव भेटिएको हो।
प्रारम्भिक अनुसन्धान अनुसार शव घर नजिकै घाँस थुपारेको ठाउँमा लुकाइएको अवस्थामा भेटिएको थियो ।
थप विवरणका लागि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।


