विराटनगरबाट लागू औषध खैरो हिरोइन सहित एक जना पक्राउ
विराटनगर । विराटनगरबाट लागू औषध खैरो हिरोइन सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा विराटनगर मनपा वडा नं. ११ भुमिप्रशासन चौक बस्ने बर्ष ३० को पप्पु राम रहेका छन् ।
आज विराटनगर महानगरपालिका वडा न ११ बसपार्क स्थितमा लागूऔषध बिचबिखन भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यलय विराटनगर र जिल्ला प्रहरी कार्यालय, मोरङबाट संयुक्त प्रहरी टोली खटिई गई चेकजाँच गर्ने क्रममा निजको साथबाट खैरो हेरोइन जस्तो देखिने लासाईलो पदार्थ जम्मा १०१ ग्राम
निजलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पक्राउ परेकाको थप अनुसन्धान कार्य भइरहेको प्रहपीले जनाएको छ ।


