लेटाङमा चिसोले जनजीवन प्रभावित, नगरपालिकाद्वारा सतर्कता अपनाउन आग्रह

लेटाङ, १५ पुस । कोशी प्रदेशको मोरङ जिल्लामा पर्ने लेटाङ नगर क्षेत्रमा पछिल्ला दिनमा अत्यधिक चिसो बढेसँगै जनजीवन प्रभावित बन्न थालेको छ।

स्थानीयवासीले विद्यार्थी तथा विपन्न वर्ग बढी मारमा पर्ने चिन्ता व्यक्त गरेका छन् भने नगरपालिकाले स्वास्थ्य जोखिम कम गर्न सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

स्थानीय ओम प्रसाईंले लगातार यस्तै चिसो रहिरहे विद्यार्थीहरूको अवस्था कठिन हुने भन्दै विद्यालय व्यवस्थापन र सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने बताएका छन्।

त्यस्तै, निरज पान्डेले गरिब तथा विपन्न परिवारका लागि न्यानो कपडा, सिरक तथा खाद्यान्न वितरणजस्ता राहत कार्यक्रम पनि साथसाथै सञ्चालन भएको भए जनताले सरकारले साथ दिएको महसुस गर्ने टिप्पणी गरेका छन्।

यसैबीच लेटाङ नगरपालिकाले चिसोबाट स्वास्थ्य जोखिम बढ्न सक्ने उल्लेख गर्दै साना बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दीर्घरोगीहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

नगर कार्यपालिकाको कार्यालयबाट जारी सूचनामा न्यानो कपडा प्रयोग गर्न, तातो पानी र न्यानो खाना सेवन गर्न, अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन तथा स्वास्थ्य समस्या देखिएमा नजिकको स्वास्थ्य संस्थामा तत्काल सम्पर्क गर्न अनुरोध गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) का अनुसार यस वर्ष तराईका २१ जिल्लासहित मोरङमा चिसोको प्रभाव उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएकाले नगरपालिकाले सुझाइएका सतर्कता उपायहरू पालना गरी सुरक्षित रहन सबै नगरबासीलाई आह्वान गरेको छ।-लेटांग खबरबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।