आफन्तवाद र नातावादले प्राइमरी भोटिङकै धज्जी उडायो:रास्वपा नेतृ तोसिमा कार्की

काठमाडौं, पुस १६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्कीले पार्टीले निर्वाचन आयोगमा पेस गरेको समानुपातिक तर्फको बन्दसूचीप्रति आपत्ति जनाउँदै त्यसले समानुपातिक प्रणालीको मूल मर्ममाथि नै प्रश्न उठाएको बताएकी छन्। समानुपातिक प्रणाली पहुँच र शक्ति नभएका, तर सक्षम नागरिकलाई प्रतिनिधित्व गराउने उद्देश्यका लागि ल्याइएको भन्दै उनले पार्टीले पेस गरेको सूची अवधारणाविपरीत रहेको आरोप लगाएकी हुन्।

मध्यराति सामाजिक सञ्जाल फेसबुकमार्फत कर्णाली र सुदूरपश्चिमका नागरिकसँगको तस्बिर साझा गर्दै कार्कीले समानुपातिक सूचीले भौगोलिक विकटता, विपन्नता र गाउँको आवाज बोल्नुपर्नेमा नेतृत्वका आफन्त तथा पार्टीका ‘भाइटल पोष्ट’ मा रहेका व्यक्तिहरू नै सूचीमा प्राथमिकतामा परेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्। उनले समानुपातिक प्रणाली निषेधका लागि नभई समावेशीकरणका लागि भएको स्पष्ट पार्दै यसले कर्णाली, सुदूरपश्चिम र गाउँका आवाजलाई प्रतिनिधित्व गर्नुपर्ने उल्लेख गरेकी छन्।

त्यसैगरी, उनले पार्टी पदाधिकारी र सचिवालय सदस्यहरू समानुपातिक सूचीमा राखिएकोप्रति पनि आपत्ति जनाउँदै प्राइमरी भोटिङको भावना र प्रक्रियामाथि नै धज्जी उडाइएको आरोप लगाएकी छन्। पार्टी ठूलो भइसकेको अवस्थामा नेतृत्व तहका व्यक्तिहरूले प्रत्यक्ष निर्वाचन लड्ने साहस गर्नुपर्ने बताउँदै उनले पदाधिकारी तथा सचिवालय सदस्यहरूले आफ्नो नाम समानुपातिक सूचीबाट हटाएर प्रत्यक्ष चुनावमा जानुपर्ने माग गरेकी छन्।

समानुपातिक उम्मेदवार छान्न रास्वपाले गरेको प्राइमरी इलेक्सन कार्यकर्तालाई छारो हाल्ने मेलो मात्रै बनेको भन्दै अहिले ब्यापक चर्चा भइरहेको छ । प्राइमरी इलेक्सनमा खस–आर्यतर्फ सबैभन्दा धेरै मत ल्याएका रमेश प्रसाईंलाई समानुपातिक सूचीको पाँचौँ नम्बरमा पारिएको छ भने तेस्रो नम्बरको मत पाएका विपिन आचार्यलाई पहिलो नम्बरमा उकालिएपछि यो विषयले व्यापकता पाएको हो ।

त्यसैगरी,खस–आर्य महिलातर्फ सबैभन्दा धेरै मत ल्याएकी रञ्जु दर्शानालाई दशौँ नम्बरमा राखेर छैठौं नम्बरमा मत पाएकी प्रतिभा रावललाई पहिलो नम्बरमा ल्याएर राखिएको छ ।

विपिन आचार्य र प्रतिभा रावल दुवै सहकारी ठगी प्रकरणमा मुछिएको ग्यालेक्सी फोर के टेलिभिजनमा कार्यरत तथा रवि लामिछानेका निकट सहकर्मी हुन् । प्राइमरी इलेक्सनमा पछि परेका उनीहरूलाई समानुपातिक सूचीको पहिलो नम्बरमा तानिएपछि आलोचना सुरु भएको हो । त्यसमा झन विपिन आचार्य समानुपातिक छनोट समितिको संयोजक हुँदाहुँदै आफैँ समानुपातिक उम्मेदवार बनेपछि यो विषयले व्यापक पाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖