रास्वपाले समानुपातिक सूची सच्याउने, गल्ती स्वीकार

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता गणेश पराजुलीले समानुपातिक उम्मेदवारको बन्दसूचीमा भएका गल्तीहरू सच्याइने बताएका छन् ।

निर्वाचन आयोगमा पेस गरिएको सूची न्यायोचित नभएको भन्दै चौतर्फी आलोचना भएपछि उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

पार्टीले बुझाएको बन्दसूचीलाई लिएर भित्र र बाहिर तीव्र विरोध भएपछि नेता पराजुलीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् । ‘सहमति अत्यावश्यक थियो, अन्तिम समयमा महत्त्वपूर्ण काम भए। समानुपातिक सूचीमा भएका गल्तीलाई सच्याइनेछ,’ उनले लेखेका छन् ।

सुशासन र विधिलाई पार्टीको मुख्य जग मान्दै आएको रास्वपाभित्र समानुपातिक सूचीका नामहरू समावेशी र न्यायपूर्ण नभएको गुनासो बढेको छ । यसै सन्दर्भमा नेता पराजुलीले सुशासन र विधिको जगलाई कायम राख्न देखिएका कमजोरीहरू सुधार गर्ने बताएका छन् । पार्टी नेतृत्वमाथि सूची सच्याउन दबाब बढिरहेका बेला नेता पराजुलीको यो भनाइ बाहिर आएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।