निर्वाचनको विकल्प छैन :गृहमन्त्री अर्याल
मोरङ । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको काम तोकिएको समयमा निष्पक्ष स्वतन्त्र र धाँधली रहित निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु रहेको बताएका छन् ।
बुधवार मोरङको विराटनगरमा कोशी प्रदेशको समन्वयमा गृह मन्त्रालयले आयोजना गरेको ‘कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी’को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सरकारको काम दिन गनेर सरकारमा बस्नु नभई निर्वाचन सम्पन्न गराउनु रहेको बताएका हुन् ।
उनले भने, ‘निर्वाचन लोकतन्त्र एक असल अभ्यास हो र यो अपरिहार्य छ।


