झापामा नाबालिकामाथि जबरजस्ती करणीको आरोप, २३ वर्षीय युवक पक्राउ
झापा । अर्जुनधारा नगरपालिकामा एक नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ।
मिति २०८२ साल मंसिर २७ गते दिउँसो १२:३० बजे अर्जुनधारा नगरपालिका–११ स्थित सुर्योदय होटलमा अर्जुनधारा नगरपालिका–९ निवासी २३ वर्षीय कृष्ण बुढाथोकीले १६ वर्षीया नाबालिकालाई ललाईफकाई जबरजस्ती करणी गरेको आरोप लागेको हो।
घटनाबारे पीडित नाबालिकाका आफन्तले इलाका प्रहरी कार्यालय बिर्तामोडमा सूचना दिएपछि प्रहरी सक्रिय भएको थियो। सोही सूचनाका आधारमा मिति २०८२ साल पौष १५ गते अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले अभियुक्त बुढाथोकीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा परेका अभियुक्तलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी अनुसन्धान भइरहेको छ। जिल्ला अदालत झापाबाट मिति २०८२ साल पौष १६ गते पहिलो पटकका लागि ६ (छ) दिनको म्याद लिई थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।


