रबि लामिछाने चितवनबाट चुनाव लड्ने
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ गते हुने प्रतिनिधिसभा चुनाव चितवनबाट लड्ने घोषणा गरेका छन्।
उनले प्रश्न गर्दै भने, “चितवन छोड्ने कुरा कसरी सोच्न सकिन्छ? त्यो मिल्छ र? जान्न त्यहाँ भन्न मिल्छ र?”
लामिछानेले चितवनप्रति आफ्नो गहिरो मायाको कुरा गर्दै भने, “मलाई चितवनले जुन माया देखाएको छ, जुन गुण लगाएको छ, हामीले यसलाई परिवर्तनको, निलो क्रान्तिको एउटा उद्गम स्थल र परीक्षण केन्द्रको रूपमा हेरिरहेका छौँ।”


