लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री तथा एमाले नेता गुप्तालाई थुनामा पठाउने आदेश
काठमाडौं, १६ पुष । विशेष अदालतले पूर्वमन्त्री तथा एमाले नेता राजकुमार गुप्तालाई थुनामा पठाउने आदेश गरेको छ ।
गुप्ता पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा मुछिएका छन् ।
आज (बुधबार) विशेष अदालतका सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले गुप्तालाई थुनामा पठाउने आदेश दिएको हो ।


