इलामका डिएसपी कोइरालाको मृत्यु
इलाम । इलामको पशुपतिनगरस्थित सशस्त्र प्रहरी गुल्मका प्रमुख डिएसपी प्रकाश कोइरालाको आज हृदयघातका कारण मृत्यु भएको छ ।
आज बिहान भञ्ज्याङबाट पशुपतिनगर फर्केपछि उनी अकास्मात ढलेका थिए । गम्भीर बिरामी उनको यहाॅ उपचार सम्भव नभएपछि हेलिकप्टरमा काठमाडौं लगिएको थियो ।
अघि साॅझ उनको काठमाडौंस्थित एपिएफ अस्पतालमा मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ ।


