वनभोज खान मुख्यमन्त्रीको हेलिकप्टर यात्रा

सिरहा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ वनभोज कार्यक्रममा सहभागी हुन हेटौंडाबाट हेलिकप्टर चढेर सिरहा आएका छन्। सिरहा कांग्रेसका सभापति रामचन्द्र यादवले अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजना गरेको वनभोजमा सहभागी हुन मुख्यमन्त्री बानियाँ यहाँ पुगेका हुन्।

धनगढीमाई नगरपालिका–१४ स्थित सर्रेअम्बासमा आयोजित वनभोज कार्यक्रममा मुख्यमन्त्री बानियाँ माउन्टेन एयरको हेलिकप्टरमार्फत हेटौंडाबाट सिरहा आएका थिए। सोही कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव र स्वास्थ्य तथा जनसंख्यामन्त्री जंगीलाल राय समेत सहभागी भएका थिए। उनीहरू भने सरकारी सवारी साधन प्रयोग गरी कार्यक्रममा पुगेका थिए।

हेलिकप्टर प्रयोगबारे मुख्यमन्त्री बानियाँसँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएनन्। तर उनका स्वकीय सचिव मिलन पुडासैनीले मुख्यमन्त्रीले हेलिकप्टर व्यक्तिगत खर्चमै प्रयोग गरेको दाबी गरेका छन्। “मुख्यमन्त्रीज्यू र सभापतिज्यूबीच संविधानसभा सदस्य हुँदादेखि नै निकटता छ। त्यही सम्बन्धका कारण उहाँ वनभोजमा सहभागी हुन जानुभएको हो,” पुडासैनीले बताए, “हेलिकप्टर प्रयोगमा कुनै सरकारी खर्च भएको छैन।”

वनभोज कार्यक्रममा सभापति यादवसँग निकट जिल्लाका नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति थियो। मुख्यमन्त्री हेलिकप्टरमार्फत आउने खबर फैलिएपछि आसपासका बस्तीका सर्वसाधारणसमेत हेलिकप्टर अवतरण हेर्न कार्यक्रमस्थलमा पुगेका थिए।

मुख्यमन्त्रीको व्यक्तिगत कार्यक्रममा हेलिकप्टर प्रयोगलाई लिएर राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया देखिन थालेका छन्। निजी खर्चमा भए पनि सार्वजनिक पद धारण गरेको व्यक्तिले यस्तो साधन प्रयोग गर्नु उपयुक्त हो वा होइन भन्ने बहस पुनः सतहमा आएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।