झापाको बिर्तामोडबाट प्रतिबन्धित औषधी र लागू औषध ब्राउन सुगर सहित ३ जना पक्राउ
झापा । झापाको बिर्तामोड नगरपालिका-४ स्थितबाट प्रतिबन्धित औषधी र लागू औषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले दमक-४ का राजा माझी, दमक-१ का टेक बाहादुर कुमाल र हर्क बहादुर कुमाललाई ६ ग्राम १५० मिलि ग्राम ब्राउन सुगर र प्रतिबन्धित औषधी निट्रोजेपाम-५५ ट्याबलेट सहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनिहरु सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।


