सुनसरीको लौकहीमा सफारी चालकमाथि गोली चलाउने सशस्त्रका हवल्दार पक्राउ
सुनसरी । सुनसरीको लौकहीमा सफारी चालकमाथि गोली चलाउने एपीएफका हवल्दारलाई पक्राउ गरिएको छ ।
उक्त घटना छानबिनका लागि हिजै सुनसरीका सहायक सीडीओ घनश्याम न्यौपाने संयोजक, डीएसपी चन्द्र खड्का र राष्ट्रिय अनुसन्धानका अधिकृत रहेको समिति बनेको थियो ।
भारतीय बजारबाट सामान लिएर नेपालतर्फ आउँदै गरेका सफारी चालक विजय साहमाथि सशस्त्रले गोली चलाएको थियो ।
उनको तत्कालै मृत्यु भएको थियो । गोली हान्ने हवल्दारलाई हिजै नियन्त्रणमा लिएर अनुसन्धान थालेको सुनसरी प्रहरी प्रवक्तासमेत रहेका डीएसपी खड्काले बताए ।


