चन्द्र ढकालका छोराले पनि लिए रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक निर्वाचन सूचीमा समावेश भएका उद्यमी तथा एफसी चितवनका अध्यक्ष सचिन ढकालले उक्त सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक धारणा राख्दै ढकालले विदेशमा अध्ययनपछि उतै प्रशस्त अवसर भए पनि स्वदेशमै उद्यम गरेर देशको समृद्धिमा योगदान दिने अठोटका साथ नेपाल फर्किएको उल्लेख गरेका छन्।


