धनकुटा अपडेट : फराकिलो मत अन्तरले एमालेका ईन्द्रमणी पराजुली विजयी !
धनकुटा खबर । धनकुटा प्रदेशसभा ‘ख’ मा बाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार ईन्द्रमणी पराजुली फराकिलो मत अन्तरले विजयी भएका छन् ।

प्रदेश सभा ‘ख’ का लागि धनकुटामा बाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका पराजुलीले २० हजार ६ सय ५२ मत ल्याउंदै बिजयी हुनुभएको हो भने बहाका निकटतम प्रतिद्वन्द्वी अर्जुन थापाले ८ हजार २ सय ३१ मत प्राप्त गर्नु भएको छ ।
निकटतम प्रतिद्वन्द्वी थापालाई १२ हजार ४ सय २१ को मतले अन्तरले हराऊदै पराजुली फराकिलो मत अन्तरले बिजयी भएका हुन् । मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोख्रेलले बिजयीको घोषणा गर्नु भएको हो ।
खसेकाे कुल मत ३२ हजार ९ सय ०५ मतमा १ हजार ४ सय ५३ मत बदर भएको थियो ।
हेर्नुहोस् ताजा अपडेट :
प्रतिनीधि सभा
राजेन्द्र राई (एमाले) – २५,३०७
सुनिल ब. थापा (राप्रपा प्रजातान्त्रिक) – १६,४४३
प्रदेश सभा ‘क’
निरन राई (एमाले) – १६,१२७
मनोहर नारायण श्रेष्ठ (नेपाली कांग्रेस) – ११,७११
प्रदेश सभा ‘ख’
ईन्द्रमणी पराजुली (एमाले) – २०,६५२ (विजयी)
अर्जुन थापा (समाजवादि फोरम) – ८,२३१

