सबै तह जितेपछि बाम गठबन्धन धनकुटाले बिशाल जनप्रदर्शन गर्दै मनायो बिजय उत्सव (भिडियो सहित)
धनकुटा खबर । धनकुटाको सबै तह बिजयीपछि बाम गठबन्धनले बिशाल जनप्रदर्शन गर्दै बिजय उत्सव मनाएको छ ।
संयक्त गठबन्धनले बिजयी उमेद्वर प्रतिनीधि सभामा बिजयी राजेन्द्र राई र प्रदेशसभामा बिजयी निरन राई,ईन्द्रमणी पराजुली सहितको जुलुसले नगर परिक्रमा गर्दै बिजय उत्सव मनाएको हो ।
बिजय उत्सवमा आयोजना गरिएको ¥याली पछि धनकुटाको बसपार्कमा कोणसभाको आयोजना गरेर उमेद्वारहरुले सम्पूर्ण धनकुटेली जनताहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।
प्रतिनीधि सभामा नेकपा एमालेका राजेन्द्र राईले ३७ हजार ३ सय ३३ मत ल्याएर बिजयी भएका छन् । उनका प्रतिद्व लोकतान्त्रीक मोर्चाका राप्रपा प्रजातान्त्रिकका सुनिल बहादुर थापाले २६ हजार ८ सय ७४ मत ल्याएका थिए ।
त्यस्तै प्रदेश सभाका लागि निर्वाचन क्षेत्र ‘क’ बाट एमाले कै निरन राई २० हजार ०८८ मत ल्याएर बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वि नेपाली कांग्रेसका मनोहर नारायण श्रेष्ठले १३ हजार ४ सय ४२ मत ल्याएका छन् ।
त्यस्तै प्रदेश सभा अन्तर्गत नै निर्वाचन क्षेत्र ‘ख’मा पनि एमालेका ईन्द्रमणी पराजुली २० हजार ६ सय ५२ मत ल्याएर बिजयी भएका छन् । उनका प्रतिद्वन्द्वि संघिय माजवादी फोरमका अर्जुन थापाले ८ हजार २ सय ३१ मत ल्याएका छन् ।
एक प्रतिनीधि सभा र दुई प्रदेश सभाका लागि धनकुटाबाट १३ दलका १९ उमेद्वारले प्रतिष्प्रधा गरेका थिए ।
https://youtu.be/seXWkf0sSnw


