हेर्नुहोस् धनकुटाको समानुपातिक बिवरण, कस्ले कति मत पाए ?

धनकुटा खबर । एक प्रतिनिधिसभा र दुइ प्रदेश सभा गरी धनकुटाका तिनै स्थानमा बिजयी भएको एमाले समानुपातिक तर्फ पनि पहिलो पाटी बन्न सफल भएको छ ।

प्रतिनिधि सभा तर्फ जिल्लामा खसेको कुल ६८ हजार ७ सय ७२ मत मध्ये ३० हजार ९ सय ४७ मत एमालेले प्राप्त गरेको हो । दोस्रो स्थान प्राप्त गरेको कांग्रेसले १२ हजार ३ सय २० र तेस्रो स्थानमा रहदै माओवादी केन्द्र ७ हजार ४ सय ७९ मत प्राप्त गरेको छ । त्यस्तै राप्रपा प्रजातान्त्रीकले ६ हजार १ सय ६१ मत प्राप्त गर्दा संघिय समाजबादी फोरमले २ हजार ५ सय ५४ मत प्राप्त गरेको छ । जिल्लामा प्रतिनिधि सभा तर्फ कुल ४९ दलले खाता खोल्दा ५ हजार ६ सय ६० मत बदर भएको छ ।

यता प्रदेश क मा एमालेले १३ हजार ९ सय ९६ मत प्राप्त गर्दा काग्रेसले ७ हजार ६ सय २, माओवादी केन्द्रले ३ हजार ९ सय ११ संघिय समाजबादी फोरमले २ हजार २५ र राप्रपा प्रजातान्त्रीकले १ हजार १ सय ५९ मत प्राप्त गरेको छ । प्रदेश क मा कुल ३६ हजार ३ सय १५ मत झरेकोमा ४ हजार ८ सय ५५ मत बदर हुदा २७ दलले खाता खोलेका थिए ।

प्रदेश ख मा भने एमालेले १४ हजार ३ सय ३२ मत, राप्रपा प्रजातान्त्रीकले ३ हजार ७ सय ३८, माओवादी केन्द्रले ३ हजार ६ सय ९० र कांग्रेसले ३ हजार ६ सय ४९ मत प्राप्त गरेको छ । यहा कुल ३२ हजार ४ सय ५७ मत खस्दा ४ हजार ७ सय ४५ मत बदर भएको छ । त्यस्तै २७ दलले खाता खोलेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।