अझैपनि बिप्लबका कार्यकर्ता थुनामा !

धनकुटा खबर । प्रहरीले नियन्त्रणमा लिएका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला ईन्चाज सहितका १४ जना धरौटीमा छुटेका छन् भने एक कार्यकर्ता अझैपनि थुनामा रहेका छन् ।

निर्वाचनलाई प्रभावित पार्न सक्ने भन्दै पटक पटक गरेर १५ जनालाई प्रहरिले नियन्त्रणमा लिई थुनामा राखिएको थियो ।

नेकपाका जिल्ला अध्यक्ष आकाश शर्मा भनिने माधव गौतमसहित थुनिएका १४ जनालाई बुधबार सम्ममा धरौटिमा छोडिएको जिल्ला प्रहरी प्रमुख सुदिप राजभण्डारीले बताउनुभयो । पक्राउ परेका १५ मध्ये जिल्ला सदस्य सुक्रराज राई भने हिरासतमै छन् । राईलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिभिन्न जिल्लामा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन प्रभावित पार्ने गतिविधि बढ्दै गएपछि करिव एक महिना अघि नियन्त्रणमा लिएर शान्ति सुरक्षालाई दखल पुर्याउनेको आरोपमा प्रहरीले उनीहरु बिरुद्ध सार्वजनिक मुद्धा चलाएको थियो ।

पक्राऊ परेका केहि थुनुवाहरुले आफूहरु बिप्लवका कार्यकर्ता नभएको र चाडै पत्रकार सम्मेलन गरी प्रेस बिज्ञप्ती सहित स्पष्टीकरण गर्ने बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।