४ दशक पछि जाल्पादेवीबाट यसरी विदाई लिए प्राचार्य भट्टराईले !, जाँदा-जाँदै ‘गोपाल-दुर्गा भट्टराई’ अक्षयकोषको स्थापना (भिडियो सहित)

धनकुटा खबर । धनकुटाको पाख्रीबास नगरपालिका स्थित श्री जालपादेवी मा वि तथा क्याम्पस प्राचार्य गोपाल भट्टराईले विद्यालयवाट अौपचारिक रुपमा विदाई लिएका छन । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष डागम कुमार राईको अध्यक्षतामा सम्पन्न विदाई कार्यक्रम मार्फत उनले विदाई लिएका हुन ।

२०३४ जेष्ठ मा शिक्षक नियुक्त भई शिक्षण पेशामा आबद्द रहेका भट्टराई २०४४ जेष्ठ देखि प्र.अ. जिम्मेवारी बहन गर्दै आएका हुन् । उनले आज अर्थात २०७४ मंसिर २९ गते विद्यालयमा सम्मन्न विदाई कार्यक्रम मार्फत बिदाई लिएका हुन ।

जाँदा-जाँदै भट्टराईले गरिव तथा असाहय बिधार्थीलाई राहत दिने उदेश्य सहित ‘गोपाल-दुर्गा भट्टराई’ अक्षयकोष स्थापना गरेका छन जसको धनराशी ५०,००० को रहेको छ भने संरक्षकको रुपमा छोरीहरु सरु भट्टराई र अनु भट्टराई रहेकाछन ।

उक्त कार्यक्रममा पाख्रीबास नगरपालिकाका मेयर बृष राई लगायत वहालवाला वि व्य स पदाधिकारी, पूर्व वि व्यस, पूर्व स्रोत व्यक्ति पुष्प कटुवाल, जालपादेवी क्याम्पसका संचालक समितिका वर्तमान सदस्यहरु र पूर्व पदाधिकारीहरु साथै विद्यालयका शिक्षकहरुको उपस्थिती रहेको थियो ।

सेवा अवधिको ४० बर्षमा उनले विद्यालयवाट औपचारिक रुपमा विदाई लिएका हुन । भिडियो:



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।