१ नम्बर प्रदेशका जिल्लाहरुले पनि धनकुटालाई समर्थन गर्दैछन, अब निर्णायक ढङ्गले आन्दोलन अघि बढ्छ : बिजय सन्तोषी राई (भिडियो सहित)
एक नम्वर प्रदेशको राजधानी धनकुटालाई तोकिनु पर्ने माग गर्दै स्थानीयले शान्तिपूर्ण आन्दोलन सुरु गरेका छन् । संघिय संरचनामा प्रदेशका केन्द्र कहाँ रहने भन्ने चर्चा चलिरहेका बेला प्रादेशिक राजधानीका लागि उपयूक्त भएको भन्दै उद्योग बाणिज्यसंघ धनकुटा र नागरिक समाजको अगुवाइमा दवाव आन्दोलन थालिएको हो । तेह्रथुम, भोजपुर, संखुवासभा र खोटाङ लगायतका जिल्लाहरु समेत धनकुटानै प्रादेशिक राजधानी हुनु पर्ने पक्षमा रहेको आन्दोलनकारीको दाबी छ । यस अघि पनि राजधानीका लागि बारम्बार आनदोलन गरेको संघर्ष समितिले राजधानीका लागि लगातार आन्दोलन जारी रहने संघर्ष समितिका सदस्य बिजय सन्तोषी राईले जानकारी दिनुभयो । भिडियो


