‘अब बन्ने स्थिर सरकार संगै सुशासन पनि कायम हुने’
भ्रष्टाचार न्यूनिकरण गर्न परामर्श
धनकुटा खबर । नेपालमा भ्रष्टाचार न्युनिकरण गर्ने बिषयमा बिकास सन्चार समाज नेपाल काठमाण्डौले धनकुटाका पत्रकारकर्मचारी र गैस सरकारी निकायहरु संग परामर्श गरेको छ ।
स्थिानिय निकायहरुलाई ३५० भन्दा बढी कानुन बनाउन प्राप्त अधिकारहरुलाई कार्यानवयनमा सहज बनाउने उदेश्यले उक्त कार्यक्रम गरिएको आयोजकले जानकारी दिएको छ ।

प्रमुख जिल्ला अभिकारीको अध्यक्षतामा सम्पन्न भएको उक्त परामर्श कार्यक्रममा बिधिको शासन स्थापित भएपछि भ्रष्टाचार क्रमश न्यूनिकरण हुंदैजाने सहभागिहरुले सुझाव दिएका छन् ।
लामो समय देखि देश नजप्रतिनीधि बिहिन, अस्थिर सरकारका कारण संक्रमण कालमा गुज्रिएपनि अब बन्ने स्थिर सरकार संगै सुशासन पनि कायम हुने उनीहरुले सुझाव दिएका छन् ।
कार्यक्रममा नागरिक समाजका अध्यक्ष दोर्ण गुरागाई,स्वत्रन्त्र नागरिक समाजका अध्यक्ष सुन्दरबाबु श्रेष्ठ,गैसरकारी संस्थाका अध्यक्ष सोबिश चेम्जोङ्ग,पत्रकार महासंघका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ,धनकुटा नगर कार्यपालिकाका प्रशासकीय अधिकृत डम्बर सुब्बा लगाएतले सुझाव दिनुभएको थियो ।
कार्यक्रममा संस्थामा निर्देशक ओम प्रकाश घिमिरेले ईन्टर नेशनल ट्रान्फरेन्सि संस्थाले १७६ राष्टमा गरेको सर्भेक्षण अनुसार भ्रष्टाचारको सूचिमा नेपाल १३१ स्थानमा रहेको जानकारी दिएका थिए ।
२ बर्ष अघि देखि धनकुटामा भ्रष्टाचार न्यूनिकरणको क्षेत्रमा कार्यक्रम शुरु गरिएको यस संस्थाले क्रमश धनकुटाका राजनैतिक दल र स्थानिय निकायका जनप्रतिनीधिहरु संग परामर्श गर्ने धनकुटाका प्रतिनीधि खगेन्द्र प्रसाद भिमिरेले जानकारी दिए ।


