दलहरुले लिए धनकुटालाई राजधानी बनाउने आन्दोलनको नेतृत्व !, भोली १२ बजे देखि धनकुटा बजार बन्द र बिशाल जनप्रदर्शन गरिने

धनकुटा खबर । मंसिर २९ गतेबाट संघर्ष समितिले धनकुटालाई प्रदेश नं.१ को राजधानी बनाउने गरेको आन्दोलनको नेतृत्व अब धनकुटाका राजनैतिक दलहरुले गर्ने भएका छन् ।

स्थानिय तहको निर्वाचन,प्रदेश र प्रतिनीधि सभाको चुनावमा दलहरुको मुख्य एजेण्डा धनकुटालाई राजधानी बनाउने भएकोले आन्दोलनको नेतृत्व राजनैतिक दलहरुले गर्नुपर्ने माग आएपछि अबको आन्दोलन दलहरुले गर्ने भएका हुन् ।

संघर्ष समितिले शनिबार दल तथा सरोकारवालाहरु संगको बैठक तथा परामर्श पछि दलका जिल्ला प्रतिनीधिहरुले आन्दोलनको नेतृत्व लिएका हुन् ।

सर्बपछिय बसेको उक्त बैठकबाट नेकपा एमालेका तर्फबाट सचिव सुरेन्द्र पौडेल,नेपाली कांग्रेसका तर्फबाट जिल्ला सदस्य,बिष्णु पौडेल, नेकपा माओवादी केन्द्र का तर्फबाट सचिवालय सदस्य तिलक प्रसाद राई र संघिय समाजवादी फोरमका तर्फबाट नगर ईन्चार्ज सरोज आठपहरीयाले आन्दोलनको नेतृत्व लिएका छन् ।

सर्वपक्षिय बैठक पछि थप आन्दोलनको कार्यक्रम गर्न सहकार्य गर्नका लागि दलहरुले आपसि परामर्श गर्ने जानकारी दिएका छन् ।

बैठकले दलहरुले भोली आईतबार १२ बजे पछि धनकुटा बजार बन्द गरेर धनकुटा बजारमा जनप्रदर्शन गर्ने तथा दैनिक रुपमा चरणवद्ध आन्दोलन निर्णय गरेको छ ।

कार्यक्रममा यहि पौस १६ गते धनकुटाका जनप्रतिनीधिहरुको नेतृत्वमा काठमाण्डौंको माईतिघर मण्डला र १७ गते सिंहदरबार घेराउ गर्ने कार्यक्रम जानकारी दिईएको छ ।

राजधानी बनाउन धनकुटा उपयुक्त भएपनि यस बिषयमा गलत सूचना गएकोले धनकुटाले आन्दोलनमा उत्रनु परेको संघर्ष समितिले जानकारी दिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।