पाख्रीबासमा लिटेररी फेस्टिभल !

धनकुटा खबर । पाख्रीबास कलासाहित्य समाज पाख्रीबास धनकुटाको आयोजनामा आगामी पौष २२ गते शनिबार लिटेररी फेस्टिभल हुने भएको छ।

पाख्रीबासलाई पुर्वन्चलको साहित्यिक केन्द्र र पर्यटकिय स्थलको रुपमा चिनाउने उद्देश्यका साथ उक्त फेस्टिभल गरिन लागिएको हो।

सुदुर पश्चिम देखि सुदुर पुर्व सम्मका करिब ६० उत्कृष्ट कवि तथा गजलकारले आफ्नो रचना वाचन गर्ने र करिब २ सय सर्जकहरु धनकुटा बाहिरबाट उक्त कार्यक्रमको मजा लिन आउने आयोजक कला साहित्य समाजले बताएको छ ।

गतबर्ष देखि बितरण हुँदै आइरहेको धनजगत स्मृति गजल पुरस्कार सिन्धुली की अमला अधिकारि ,गीतादेवी स्मृती पुरस्कार कविता बिधामा तनहुँका कवि प्रकाश रम्घाली, लक्ष्मिकान्त स्मृती पुरस्कार संगित तर्फ सुनसरिका शुरेस गन्धर्व र पाख्रीबास कला साहित्य सम्मान २०७४ बाट कवि सुमन पोख्रेल मोरङ र मुर्तिकार शृकृस्ण जोशी धनकुटा सम्मानित हुने भएका छन।

एक दिन चल्ने उक्त फेस्टिभलमा गजल साँझ सहित चार/पाँच सेसनका कार्यक्रम रहेको आयोजकले बताएको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।