रित्तो थाल थाल ठट्टाएर राजधानीको माग !

धनकुटा खबर । सरकारले प्रदेशको राजधानी तोक्ने तयारी गरिरहदा धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउनुपर्ने माग गर्दै धनकुटामा थाल बजाएर बिरोध प्रदर्शन गरिएको छ ।

१७ दिन देखि प्रादेशिक राजधानीको माग गर्दै विभिन्न दवावमुलक चरणबद्ध आन्दोलन गरिरहेका धनकुटाबासीले आज रित्तो थाल ठटाउँदै र्याली निकालेका हुन् ।

धनकुटालाई एक नम्वर प्रदेशको राजधानी नबनाइए संघिय शासन ब्यबस्थाले कल्पना गरेको समानुपातिक विकासको सिद्धान्त विपरित हुने तथा पहाडी क्षेत्रमाथि अन्याय हुने भन्दै धनकुटालाइनै प्रादेशिक राजधानी कायम गरिनु पर्ने उनिहरुको माग छ ।

उद्योग बाणिज्यसंघ, नागरिकसमाज तथा विभिन्न सामाजिक संघसंस्थाहरुले नेतृत्व गरिरहेको आन्दोलनमा सदरमुकाम धनकुटा बजार, हिले, जोरपाटी, सिंधुवा, पाख्रिबास लगायत स्थानका ब्यपारिहरु बजार पसल बन्द गरेर खबरदारी आन्दोलनमा सहभागी भएका छन्् ।

ऐतिहासिक पहिचान, सामथ्र्य, भूगोल र हावापानीका हिसाबले पनि धनकुटा प्रदेश एकको राजधानी उपयूक्त हुने उनिहरुको जिकिर छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।