जब आक्रोशित भिडले यो घुम्ती काट्यो, त्यसपछि के भयो ? – हेर्नुहोस् भिडियो

धनकुटा खबर । राजधानीको माग गर्दै धनकुटाका राजनैतिक दलहरुले ताला लगाएको १ घण्टा पनि नबित्दै क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहले ताला फुटाईदिएका छन् । प्रदेश नं.१ को राजधानी धनकुटा हुनुपर्ने माग गर्दै प्रतिनीधि सभाका सभासद् राजेन्द्र राईको नेतृत्वमा क्षेत्रीय प्रशासन तालाबन्दी गरेर फर्किएपछि ताला खोलेर कार्यालय सुचारु गरिएको थियो ।

धनकुटामा पूरवाञ्चल मध्ये सबैभन्दा बढी ३ सय ९५ वटा सरकारी भवन तथा ४८ हजार ६ सय रोपनी सरकारी जमिन भएपनि सो कुरा प्रतिवेदनमा उल्लेख नगरीएको धनकुटाबासीको आरोप छ ।

राजधानी राख्ने मूल्यांकङ्कन प्रतिवेदन केन्द्रमा पठाउँदा अन्य जिल्लामा राजनैतिक दल र जनप्रतिनीधिहरु राखेर पठाईएको तर धनकुटाबाट भने क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहले एकल निर्णय गरेर प्रतिवेदन पठाएको आन्दोलनकारी दलहरुको को आरोप छ ।

बि.सं.१८४० देखि धनकुटा पूर्वाञ्चलको सदरमुकाम रहेकोले अबको नयां संरचनामा पनि धनकुटा नै प्रदेश नं. १ को राजधानी हुनुपर्ने माग राख्दै २१ दिन देखि धनकुटामा आन्दोलन जारी रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।