मुढे शनिश्चरे देखि धनकुटाको लेगुवाघाट जोड्ने सबैभन्दा छोटो सडक संञ्चालनमा, संखुवासभा र धनकुटा बासीलाई सहज (भिडियो सहित)
धनकुटा खबर । संखुवासभाको मुढे शनिश्चरे देखि धनकुटाको लेगुवाघाट जोड्ने १२ किलोमिटर ग्रामिण कृषि सडक संञ्चालनमा आएको छ ।
दुई बर्ष अघि निर्माण थालिएको पाँच मिटर चौडा १२ किलोमिटर सडकमा यातायात र ढुवानीका साधन संञ्चालनका लागि अनुमती दिईएको हो ।
ग्रामिण पुन निर्माण तथा पुन स्थापना परियोजनाको १६ करोड ८२ लाख रुपैयाको लागतमा निर्माणाधिन सडकको नाली बाहेक माटो कटिङ्ग, टेवा पर्खाल, मोडसुधार, ग्राभेल लगायत अन्य स्टक्चरको ९५ प्रतिशत काम सम्पन्न भएको जिल्ला प्राविधिक कार्यालय धनकुटाले जनाएको छ ।
सडक संचालनमा आए पछि संखुवासभा र धनकुटाकाको महालक्ष्मी नगरपालिका भित्र पर्ने चानुवा, डाँडागाउ, जितपुर, मारेक कटहरे, लेगुवा लगायतका स्थानका वासिन्दा लाई कृषि उपज निकासी र यातायात सेवा सहज भएको छ ।
धनकुटा, तेह्रथुम र संखुवासभाको संगममा रहेको पर्यटकीय गुराँसक्षेत्र तीनजुरे, मिल्के, जलजलेलाई मध्यपहाडी लोकमार्गमा जोड्ने यो नै यस क्षेत्रको सबैभन्दा छोटो सडक बनेको छ । भिडियो :


