काम चलाउ देउवा सरकारले धनकुटेलीलाई दिनु दुःख दियो : राजेन्द्र राई (भिडियो सहित)
धनकुटा खबर । काम चलाउ देउवा सरकारले प्रदेशको अस्थाई राजधानी तोक्न ढिलाई गरेकोले धनकुटेली जनताले पटक पटक आन्दोलनमा उत्रेर दुःख पाउनुपरेको प्रतिनीधि सभाका सभासद् राजेन्द्र राईले बताउनुभएको छ ।
नेकपा एमाले धनकुटा नगरपालिका वडा नं. ५ ले आयोजना गरेको सम्मान तथा बनभोज कार्यक्रममा सरिक भएका राईले धन्यवाद ज्ञापन गर्दै यस्तो बताउनुभएको हो ।
राणाकाल देखि केन्द्रका रुपमा रहेको धनकुटा पर्याप्त भौतिक संरचना, सुरक्षा र हावापानीले राजधानीका लागि उपयुक्त भएपनि देउवा सरकारले त्यसको बेवास्ता गरेर धनकुटाबासीलाई दुखः दिएको राईले धनकुटा खबरलाई बताउनुभयो ।
सो अबसरमा राई बामहरुको सरकार बनेपछि अहिले रहेको २ हजार सामाजिक सुरक्षा भत्ता ५ हजार पुर्याउने, कृषि पेनसन, जोगवनी देखि किमाथाँका जोड्ने राजमार्गको शिघ्र निर्माण गरेर धनकुटा र हिले बजारलाई ब्यपारीक केन्द्र बनाउने काममा लाग्ने बताउनुभयो ।
सम्मान कार्यक्रम पछि कर्मिटार देखि बडहरे जाने बाटोको राई,प्रदेश सभासद् निरन राई,जिल्ला समन्वयन समितिका सभापति टंक चौहान लगाएतले अनुगमन गर्नुभएको छ ।


