५ हजार बढी दर्शनार्थीले गरे आज ‘बक्रकुण्ड’को दर्शन, पर्यटकीय स्थलको रुपमा थप विकास गर्ने मेयर चिन्तनको प्रतिवद्धता

धनकुटा खबर । धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले बक्रकुण्ड मन्दिरलाई धार्मिक पर्यटकीय स्थलको रुपमा थप विकास गर्नका लागि नगरपालिकावाट भरपूर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

मन्दिरले व्यवस्थापन समितिले मन्दिरको ९ औ वार्षिकोत्सव तथा नागपञ्चमी मेलाको अवसरमा आज आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले त्यस्तो प्रतिवद्धता प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

उहाँले धनकुटा नगरपालिकालाई स्वच्छ सुन्दर समुन्नत शहरको रुपमा विकास गर्नका लागि आफुहरु दृढ संकल्पका साथ अगाडी वढिरहेको जानकारी गराउनुुभयो । उहाँले हिले व्यपारिक तथा पर्यटकीय नगर भएकोले यसलाई पूर्ण पर्यटकीय नगरको रुपमा विकास गर्न धनकुटा नगरपालिका लागिरहेको वताउनुभयो ।

अहिले यहाँ आउने पर्यटकहरुलाई धार्मिक पर्यटकीय स्थलको रुप वक्रकुण्ड मन्दिर छ भन्ने आधार खाडा भएको भन्दै आउने वर्षमा वजारको मुख्य सडकदेखी मन्दिर परिसर सम्म पुग्ने वाटोको स्तरोन्नती गर्ने वताउनुभयो ।

समितिका अध्यक्ष सिंह तितुङ्ग तामाङ्गको अध्यक्षतामा सञ्चालित कार्यक्रमलाई मातृभूमि महिला समाजका सचिव कृष्णा आचार्य,हिले खानेपानि उपभोक्ता समितिका सचिव अमित ल्हो,धनकुटा नगरपालिका १० का वडाध्यक्ष कमल कार्की,हिले वजार व्यवस्थापन समितिका अध्यक्ष वुद्ध तितुङ्ग लगायतकाले सम्वोधन गरेका थिए । स्वागत मन्तव्य समितिका सल्लाहकार लालचन गोम्वाले राख्नुभएको थियो भने सञ्चालन सचिव दिपक घिमिरेले गर्नुभएको थियो ।

कार्यक्रममा महालक्ष्मी नगरपालिका, छथरजोरपाटी गाउँपालिका,धनकुटा नगरपालिकाको विभिन्न वडाका २३ वटा भजन र्कितन समूहले भजन र्कितन प्रस्तुत गरेका थिए । मन्दिरको आज ५ हजार वढी दर्शनार्थिले दर्शन गरेको र ३६ हजार ८ सय सहयोग रकम संकलन भएको समितिले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।