धनकुटामा नगर प्रहरी सेवा शुरु, हेर्नुहोस् को को भए नगर प्रहरी !

धनकुटा खबर । धनकुटा नगरपालिकाले नगरलाई शहरी सुशासन कायम गर्न नगर प्रहरी टोली स्थापना गरेको छ । नगरले एक असहि, दुई हवलदार र आठ सिंपाहीं गरी कुल ११ जनाको प्रहरी टोली गठन गरेको हो ।

३ जना आन्तरीक र ८ जना खुल्ला प्रतिष्प्रर्धाबाट छनौट गरिएको सुचना अधिकारी डम्बर रोंगुले जानकारी दिनुभयो । आंसिक तालिम पश्चात् २६ गते देखि पूर्ण रुपमा सेवा दिनेछ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाको ४५ दिनको तालिम पछि प्रहरी टोलीले पूर्ण रुपमा सेवा दिन शुरु गर्ने नगरले जनाएको छ ।

तालिममा उपप्रमुख सकुन्तला बस्नेत,प्रमुख प्रशाकीय अधिकृत टिकादत्त राई र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खड्का लगायतको उपस्थिती रहेको थियो ।

नगर प्रहरी टोलीमा सहायक निरिक्ष्मक रवि खत्री,हवलदारद्वय पिटर राई र मनिराज ठकुरी रहेका छन् । जवानहरुमा सोनिला तामाङ्ग, रेश्मा राई, चन्द्र कुमारी राई, खेमराज बस्नेत, सविता राई, देबेन्द्र थापा र अनिल याखा रहेको सूचना अधिकारी रोगुले बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।