नयाँ बर्ष देखि भेडेटारको भ्यू टावरबाट दृष्यावलोकन गर्न सकिने !

धनकुटा खबर । २०७२ सालको भुईचलोले जिर्ण भएपछि पुननिर्माण भईरहेको भेडेटारको भ्यू टावर नयाँ बर्ष देखि सन्चालनमा आउने भएको छ ।

अबको केहि महिनामा नै निर्माण पुरा भएर बैसाख १ गतेबाट सन्चालनमा आउने निर्माण समितिका सचिव थामेश्वर सुब्बाले जानकारी दिनुभयो ।

गत आर्थिक बर्षमा साँगुरीगढी गाउापालिकाले टावर निर्माणका लागि १५ लाख बिनियोजन गरेपनि समय अभावका कारण काम गर्न नसक्दा निर्माण पुरा हुन नसकको सुब्बाले जानकारी दिए ।

यो पटक भने गाउापालिकाले २० लाख रुपैंया बजेट बिनियोजन गर्न लागेकाले समयमा नै काम सम्पन्न हुने उनले जानकारी दिए ।

हिमाल पहाड र तराई हेर्न सकिने यो टावर पुननिर्माण पछि भेडाको प्रतिमा सहितको टावर बन्ने टावर निर्माण समितिले जानकारी दिएको छ ।

टावरका लागि हाल सम्म आर्थिक बर्ष ०७३÷०७४ मा साविक जिल्ला विकास समिति धनकुटाको १४ लाख ,पर्यटन बोर्डको १२ लाख र गत बर्ष बोर्डकै ६ लाख गरी कुल ३२ लाख लगानी रहेको छ ।

यस अघि उक्त भ्यू टावरबाट दृष्यावलोकन गर्न दैनिक एक सय देखि ६ सय सम्म र्पटकहरु आउने गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।