लागू औषध कारोबार गर्नेलाई तौलको आधारमा सजाय, यस्तो छ ब्यबस्था…
धनकुटा खबर । हिले प्रहरी चौकिले हिलेमा एक कार्यक्रमको आयोजना गरी लागुऔषध नियन्त्रण ऐन तथा विभिन्न खाले हिंसाको वारेमा जानकारी गराएको छ ।
धनकुटा नगरपालिका १ नं वडाध्यक्ष निरेन तामाङको प्रमुख आतिथ्य तथा मातृभूमि महिला समाज धनकुटाका उपाध्यक्ष कमला व्लोनको अध्यषतामा भएको कार्यक्रममा हिले प्रहरी चौकीका ईञ्चार्ज एदु कुमार खड्काले लागू औषध नियन्त्रण ऐन २०३३, लागू औषद कारोवारको अवस्था, दण्ड सजाय तथा जरिवानाको विषयमा जानकारी गराउनुभयो ।
टोलटोलमा प्रहरी अभियान अन्र्तगत आयोजित कार्यक्रममा उहाँले अफिम, कोका वा सो बाट बनेको लागु औषधको सेवन गर्ने व्यक्तीलाई १ वर्ष सम्म कैद र रु १० हजार सम्म जरिवाना लाग्ने ,अफिम वा कोकाको खेति गर्ने व्यक्ति २५ वोट सम्म भए १ देखि ३ वर्ष सम्म कैद र ५ देखि २५ हजार रुपैया सम्म जरिवाना , २५ बोट भन्दा बढिभए ३ देखि १० वर्ष सम्म कैद र २५ देखि २ लाख रुपैया सम्म जरिवाना लाग्ने वताउनुभयो ।

लागू औषध कारोबार गर्नेलाई ५० देखि ५०० ग्राम सम्म भए १ महिना देखि १ वर्ष , ५०० ग्राम देखि २ केजि सम्म भए ६ महिना देखि दुई वर्ष कैद द्द हजार देखि १० हजार सम्म जरिवाना , २ देखि १० केजि सम्म १ देखि ३ वर्ष कैद ५ हजार जरिवाना देखि २५ हजार सम्म , १० केजि देखि माथि जतिसुकै भएपनि २ देखि १० वर्षसम्म कैद र ज्ञछ हजार देखि १लाख सम्म जरिवाना हुने व्यवस्था रहेको उहाँले वताउनुभयो ।
त्यस्तै उहाँले लागुऔषधको कुलतमा फसेका मान्छेमा उसले लगाएको कपडा फोहोर हुनु, व्यक्तिगत सरसफाइमा ध्यान नदिनु शरिरवाट बेग्लै गन्ध आउनु , वोल्दा मुख लर्बराउनु , खल्तीमा चुरोट , लाईटर , सलाई , मैन बत्ति लगायतका वस्तु हुनु ,बिना कारण रिसाउनु जस्ता लक्षण हुने बताउनु भयो । घरेलुहिसां भनेको धार्मिक वा सास्कृतिक तथा प्रथा परम्परा को आधारमा गरिने भेदभाव , यौन जन्य प्रकृतिको दुर्ववहार , अपमान , हतोत्साह वा आत्म सम्मानमा चोट पुर्याउने वा सुरक्षित यौन स्वास्थ्यमा आघात पुग्ने कुनै पनि कार्य गर्नु र सामुहिक वा नीजि सम्पत्तिको प्रयोग गर्न नपाउनु ,रोजगारि वा आर्थिक स्रोत साधनको पहुँच वा प्रयोग बाट बञ्चित गर्नु घरेलु हिसां भित्र पर्ने उहाँले वताउनुभयो ।
यदि घरेलु हिंसा भएमा नजिकै को प्रहरी कार्यलय , स्थानिय सरकार वडा कार्यलय नगरपालिका राष्ट्रिय महिला अधिकार कर्मि सञ्जालमा उजुरि गर्न सकिने उहाँले जानकारी गराउनुभयो ।
यता कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष तामाङले कार्यक्रमलाई सम्बोधन गर्दै स्वच्छ, स्वास्थ्य र दक्ष जनशक्ति उत्पादन भए मात्र समाजको विकास हुने भन्दै अहिले अहिले ससाना बालबालिकाहरू विभिन्न खाले कुलतमा फसिरहेको वताउनुभयो । उहाँले बालबालिका भनेको भविष्यको समाज निर्माण गर्ने व्यत्ति भएको भन्दै यस्ता घट्नाहरूलाई न्यूनिकरण गर्न बालबालिका हरूलाई सचेत गराउनु पर्ने धारणा राख्नुभयो । उहाँले वालवालिकालाई लागू औषध प्रयोगको कुलतमा लाग्न वाट सचेत गराउनु पर्नेमा जोड दिनुभयो ।
बालबालिकाहरूको उज्ज्वल भविष्य बनाउन आवश्यक रहेको भन्दै विसंगति लागुअौषध सेवन जस्ता क्रियाकलापमा लाग्न नदिन अभिभावकले आफ्नो वालवालिका काहाँ जादै छ , के गर्दै छ , स्कुलमा गएको छ की छैन भनी समयमा निगरानी गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सहभागि हरूलाई लागुऔसध बारेमा सिकेका बुझेका कुरा अरुलाई पनि सिकाउन र सचेत गराउन समेत आग्रह गराउनु भयो ।
त्यस्तै कार्यक्रम का विशेष अतिथि वडा सदस्य लालाचन गोङवाले ऐन नियमहरू बनी सकेकाले समाजमा घटिरहेको विसंगति हिंसात्मक घटनाहरू लुकाएर बस्न नहुने भन्दै नहिच्किचाई उजुरी दिनु पर्ने र निष्पक्ष ढंगले सेवा सुविधा तथा न्याय दिन तयार रहेको पनि बताउनु भयो ।
बजारमा १० बजे देखि उता होहल्ला गरेर डिेको देखियो भने प्रहरी लाई खबर गरेर सहयो गर्न पनि आग्रह गर्नु भयो । कार्यक्रममा वडा सदस्य फुलमाया विक , हिले बजार टोल बस्ति संगठनका अध्यक्ष ज्ञान बहादुर राई , झिँगु नेवा समाजका अध्यक्ष डिजेस शाक्य लगायत मातृभूमि महिला समाजका सदस्यहरूको उपस्थित थियो ।


